• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    राष्ट्रपति भण्डारी मंगलवार ट्होटें पर्व मनाउन पोखरा जाने

    779
    SHARES


    काठमाडौँ । गुरुङ जातिको महत्त्वपूर्ण चाड ‘ट्होटें’ मनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार पोखरा जाने भएकी छिन् । तमु धिं नेपालले पोखरामा आयोजना गर्न लागेको ट्होटें विशेष समारोहमा सहभागी हुनका लागि राष्ट्रपति भण्डारी पोखरा जाने भएकी हुन ।

    तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङका अनुसार राष्ट्रपति भण्डारीले सो पर्वको उद्घाटन तथा निरिक्षण गर्नेछिन । सो अघि बिहान ११ बजे चिप्लेढुङ्गा स्थित मानवअधिकार चोकबाट गुरुङ समुदायले आ-आफनो सांस्कृतिक तथा धार्मिक भेषभुषमा र्‍याली प्रदर्शन गर्नेछन र सो र्‍यालीले बजार परिक्रमा गरे पछि तमु धिँ नेपालको कार्यालयमा पुगेर विशेष समारोहमा परिणत हुनेछ ।

    गुरुङ समुदायले पोखरालगायतका आसपास क्षेत्रमा हरेक वर्ष धूमधामका साथ ट्होटें पर्व मनाउँदै आएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया