• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

    241
    SHARES


    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा आसन्न निर्वाचनको रणनीति, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँगको सहकार्यलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिएका छन् ।

    डा.भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति जनाएका छन् । साथै सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक पनि आज बस्दैछ । सो कार्यदलका सदस्यलाई पार्टीको तर्फबाट पेस गर्ने एजेण्डा तथा अडानका बारेमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ