• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    प्रदेश भेलामा जुट्दै नेसपा

    357
    SHARES


    काठमाडौँ । हालै गठन भएको नेपाल समाजवादी पार्टीले प्रदेश भेलालाई तीव्रता दिने भएकाे छ । सो पार्टीले मंगलबार सुदुरपश्चिम प्रदेशमा प्रदेश भेला तथा पुनर्गठन कार्यक्रमको आयोजना गरेको छ । मंगलबार बिहान १० बजे कार्यक्रम सुरु हुने प्रदेश इन्चार्ज डा जनक शाहले जानकारी दिए ।

    धनगढी उपमहानगरपालिका ५ हसनपुर स्थित होटल विकासको सभा हलमा हुने कार्यक्रममा सुदूरपश्चिम प्रदेश अन्तरगत राजनीतिक कार्यक्षेत्र भएका वैकल्पिक विचारधारा बोक्ने सम्पुर्ण नेताकार्यकर्ता तथा समर्थक शुभचिन्तकहरुलाई प्रवेश दिइने छ ।

    नेसपाले आगामी संघीय तथा प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रको निर्वाचन चिह्न प्रयोग गर्ने तयारी गरेको छ । पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार भएको भेटवार्तामा यस विषयमा समझदारी भएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ