काठमाडौं । नेपाली कांग्रेसले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीमा राजनीतिक दृष्टिकोण देखिएको टिप्पणी गरेको छ । नेपाली कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले विधेयक फिर्ता उचित नभएको प्रतिक्रिया दिए । ‘सामान्यतया राष्ट्रपतिले दुवै सदनबाट पारित भएर आएको विधेयकलाई रोक्नु नहुने हो, फिर्ता पठाउन नहुने हो,’ उनले भने ।
विगतमा राष्ट्रपतिले अहिलेको संशोधन विधेयकमा जस्तै विषयवस्तु भएको नागरिकता अध्यादेश फिर्ता नगरेको तर अहिले जननिर्वाचित निकायबाट पारित भई पठाएको विधेयक फिर्ता गर्नु गलत भएको उनको भनाइ छ। राष्ट्रपतिले राजनीतिक दृष्टिकोण राखेर विधेयक फिर्ता गरेको अरोप समेत विश्वकर्माको छ ।
‘विगतमा जस्ताको त्यस्तै कुरा भएको अध्यादेश कुनै विचार गर्नु नपर्ने तर जनताको सर्वाभौम अधिकार सम्पन्न सर्वोच्च नियकाय संसदले पठाएको विधेयकलाई यसरी फर्काउनुमा कता कता राजनीतिक, कानूनी लगायतका दृष्टिकोणले उपयुक्त होइन’ विश्वकर्माले भने । संसदले फेरि छलफल गरेर राष्ट्रपतिलाई उक्त विधेयक पठाउने उनले बताए ।
प्रतिक्रिया