• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अहिले प्रयोगमा नआएका हिमालहरूमा पनि आरोहण खुला गरिने छ मन्त्रि श्रेष्ठ

    225
    SHARES


    काठमाण्डाै। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अहिले प्रयोगमा नआएका नयाँ हिमालहरूमा आरोहण खुला गर्ने बताएका छन् ।

    आज आइतवार नेपाल पर्वतारोहण सङ्घको ३२ औँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले सरकारले पाँच हजार आठ सय मिटरदेखि आठ हजार मिटरसम्मका नयाँ हिमालहरूमा पर्वतारोहणका लागि अनुमति दिने तयारी गरेको बताउनुभएको हो । उनले कुन-कुन हिमालमा आरोहण गर्न सकिन्छ र कुन-कुन हिमालमा आरोहण खुला गर्दा पर्यटन आगमन बढेर त्यो क्षेत्रको जनजीवनलाई लाभान्वित बनाउन सकिन्छ भन्ने कुराको समीक्षा गरेर हिमाल आरोहणको अनुमति दिनेबताए ।

    उनले भने, ‘सरकारले पर्यटन क्षेत्रको विकासका लागि नयाँ हिमालहरूमा आरोहण गर्ने अनुमति दिनुपर्छ भन्ने सोच राखेकाे छ । अहिले प्रयोगमा नआएका नयाँ हिमालहरूमा पनि आरोहणका लागि अनुमति प्रदान गर्ने भन्ने मन्त्रालयले योजना अगाडि सारेको छ । नेपाललाई विश्वको पर्यटकको गन्तव्यस्थलको रूपमा विकास गर्न सक्छौँ । पर्वतलाई आधार बनाएर खेलहरूको विकास गर्न सक्छौँ ।

    मन्त्री श्रेष्ठले पर्वतारोहणसम्बन्धी अन्योलमा रहेका ऐन, कानुन र नियमहरू तत्काल निराकरण गर्न सरकार तयार रहेको बताए । उनले सरकारले विगतमा एक वर्षका लागि भ्रमण वर्ष तोकेर काम गर्ने प्रचलन अन्त्य गरी अब सन् २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गरेर पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउने बताए ।

    मन्त्री श्रेष्ठले नेपालमा पर्यटक प्राकृतिक मनोरम दृश्यहरू अवलोकनका लागि बढी आकर्षित भएर आउने गरेको बताउनुभयो । उहाँले नेपालको पर्यटन क्षेत्रको विकास गर्न पर्यटकलाई आकर्षित गर्न सक्ने भनेको प्रकृति, साहसिक खेल र संस्कृति नै रहेको जिकिर गरे । सरकार निजी क्षेत्रको सहकार्यबाट नै नेपालको पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ भन्ने मान्यताका साथ अगाडि बढेको उनको भानाइछ ।

    कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पर्यटनसँग सम्बन्धित सेवा सुविधा एकद्वार प्रणालीमार्फत लिने नीति लिनुपर्ने बताए । उनले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूमा छुटै पर्वतारोही कक्ष व्यवस्थापन गर्न मागसमेत गरे ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ