• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली विशेष समाचार

    १२ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

    354
    SHARES


    सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिकामा १२ बर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ । प्रहरीले जबर्जस्ती करणी उद्योग अन्तर्गत मुद्दा अघि बढाएको छ । प्रहरीकहाँ जाहेरी आएपछि उनका बुबालाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

    जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार गत बुधबार राती उक्त घटना घटेको र त्यसको ठिक २ दिनपछि शनिबार मात्रै घटना सार्वजनिक भएको हो । उनले भने, ‘बालिकालाई बलात्कार गरेको जानकारी आफन्तले दिएपछि प्रहरी चौकी मेहलकुनाबाट गएको प्रहरी टोलीले ती बाबुलाई नियन्त्रणमा लिइएको छ । हामीले अहिले अनुसन्धान गरिरहेका छौं ।’

    उनका अनुसार पीडित बालिकाको प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य परीक्षण गरिएको छ । प्रहरीले बाबु छोरीको नाम सार्वजनिक गरेको छैन ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ