• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    बहिनीसँग प्रेम गरेको शङ्कामा २ जनाले युवकको हत्या गरे, शव भारतको रक्सौलमा भेटियो

    289
    SHARES


    बरा। बाराको विश्रामपुरका राजकुमार ठाकुरको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ठाकुरको हत्या आरोपमा वीरगञ्ज महानगरपालिका नगवामा टेलर सञ्चालन गर्दै आएका बाराको विश्रामपुरका उत्तम पटेल र उनका दाइ प्रितम पटेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले राजकुमारले आफ्नी बहिनीसँग प्रेम गरेको शङ्काका आधारमा हत्या गरेको बयान दिएका पर्सा प्रहरीले जनाएको छ ।

    गएको मङ्गलवार २३ वर्षका राजकुमार ठाकुर ट्युसन पढ्न साइकल चढेर वीरगञ्ज गएकोमा नफर्किएपछि उहाँका बुबाले प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका क्रममा वीरगञ्जमा टेलर सञ्चालन गरी बस्दै आएका बाराको विश्रामपुरका दाजुभाई उत्तम र प्रितमलाई प्रहरीले पक्राउ गरेर सोधपुछ गरेको थियो ।

    सोधपुछका क्रममा उनीहरूले राजकुमार ठाकुर र आफ्नी बहिनीबीच प्रेम सम्बन्ध रहेको शङ्कामा ठाकुरलाई आफ्नै टेलरमा लगी हत्या गरेर उनको शव बोरामा राखी भारतको रक्सौल रेल स्टेशन छेउमा फालेर आएको बयान दिएका प्रहरीले जनाएको छ । भारतीय प्रहरीको सहायतामा प्रहरीले मृतक राजकुमारको शव नेपाल ल्याएको छ । पक्राउ परेका दुई जनालाई अदालतमा उपस्थित गराउने तयारी भइरहेको जनाइएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ