• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    बाख्रालाई ठक्कर दिएको निहुमा, सिसडोलवासीले फेरि रोके फोहोर बोकेको ट्रक

    534
    SHARES


    काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेको गाडीले बञ्चरेडाँडा जानेक्रममा बाख्रालाई ठक्कर दिएपछि स्थानीय बासिन्दाले आन्दोलन सुरु गरेका छन् । सिसडोलका बासिन्दा निराजन सञ्जेलका अनुसार फोहोर बोकेका गाडीको ठक्करबाट ककनी गाउँपालिकाको कागती गाउँमा बाख्रा मरेपछि फोहोरको गाडी रोकेका हुन् ।

    स्थानीयवासीहरुले बाख्राको क्षतिपूर्ति माग गरेका छन् । एक महिना भन्दा बढी समयदेखि राम्ररी फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंका घरघरमा र सार्वजनिक स्थलमा फोहोर थुप्रिएको छ । सिसडोलमा रातिको समयमा फोहोर बोकेको ट्रक तोडफोड भएपछि काठमाडौं महानगरपालिकाले आइतबारदेखि प्रहरीको सुरक्षामा फोहोरका गाडी बञ्चरेडाँडातर्फ लैजान थालेको थियो । तर फोहोर लैजान थालेकै दिन स्थानीयले बाख्रा मरेको नयाँ बहानामा फोहोर रोकेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ