• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    एउटै चुनाव चिन्ह लिएर लड्ने सहमतिमा प्रचण्ड र बाबुराम

    293
    SHARES


    काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आगामी प्रदेश र प्रतिनिधि सभामा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको छ । आइतबार बिहान करिब ७ बजे खुमलटार पुगेका डा.भट्टराई र अध्यक्ष प्रचण्डबीच करिब एक घण्टा छलफल भएको थियो ।

    आजको छलफलपछि दुई नेताबीच निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको हो । यद्यपि, सहमतिलाई औपचारिक रुप दिन भने बाँकी रहेको छ । त्यस्तै, दुई पार्टीले एउटै घोषणापत्र लिएर चुनावमा जाने पनि सहमति भएको छ । ‘मौखिक सहमति भएको छ । अब यसलाई हस्ताक्षर गरेर औपचारिक रुप दिन बाँकी छ,’ स्रोतले रातोपाटीलाई बतायो, ‘चाँडै यसलाई औपचारिकता दिइनेछ ।’

    आसन्न चुनावमा दुई पार्टीबीच सहकार्यका लागि केही दिनयता निरन्तर छलफल र संवाद जारी रहेको थियो । यसअघि डा.भट्टराईले समाजवादी केन्द्र बनाएर अघि बढ्ने पहल गरे पनि त्यो भने सम्भव हुन सकेको थिएन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ