काठमाडौंँ । भारतीय सेयर बजारका बादशाह मानिने राकेश झुनझुनवालाको निधन भएको छ। झुनझुनवालाको ६२ वर्षको उमेरमा आज निधन भएको हो । झुनझुनवालालाई आइतबार बिहान ६:४५ बजे ब्रीच क्यान्डी अस्पताल पर्याइएलगत्तै अस्पतालले मृत घोषणा गरेको थियो ।
उनी मृगौलाका बिरामी थिए। केही साताअघि मात्रै उनी उपचार गरी अस्पतालबाट डिस्चार्ज भएका थिए। ट्रेडरका साथै चार्टर अकाउन्टेन्ट रहेका झुनझुनवाला भारतीय धनाढ्यमा पर्छन् । झुनझुनवालाको नेटवर्थ करिब ५ अर्ब ८० करोड अमेरिकी डलर हाराहारी रहेको अनुमान गरिएको छ। फोर्ब्स म्यागजिनकाअनुसार हाल उनी भारतका अर्बपतिको सूचीमा ३६ औं रहेका थिए ।
प्रतिक्रिया