• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आफ्नो घोषणा विपरीत सरकारी गाडी चढ्ने विराटनगरका मेयरको घोषणा

    234
    SHARES


    विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सरकारी गाडी प्रयोग गर्न थालेका छन् । स्थानीय तह निर्वाचन प्रचारका क्रममा उनले निर्वाचित भए सरकारी गाडी प्रयोग नगर्ने प्रतिवद्धता जनाएका थिए । निर्वाचित भएको करिब तीन महिना निजी गाडी प्रयोग गरेका उनले निजी गाडीमा प्रयोग भएको पेट्रोलमा बेरुजु देखाउने भन्दै सरकारी गाडी प्रयोग गर्न थालेका हुन् ।

    ‘स्थानीय तह निर्वाचनका क्रममा मैले सरकारी गाडी प्रयोग नगर्ने निर्णय गरेको थिएँ, निर्वाचित भएर आइसकेपछिको करिब तीन महिना मैले आफ्नै निजी गाडी प्रयोग गरेँ,’ उनले फेसबुकमा लेखेका छन्, ‘मेरो निजी गाडीमा महानगरबाट प्राप्त हुने तेल प्रयोग गर्दा पछि गएर बेरुजु देखाउने रहेछ ।’ महानगरपालिका प्रमुखले प्रयोग गर्ने गाडी लामो समयसम्म प्रयोग नगर्दा बिग्रिने भएका कारण निजी काम बाहेक सरकारी गाडी प्रयोग गर्ने उनले बताए ।

    उनले भनेका छन्,‘ लामो समयसम्म गाडी नचलाउँदा प्राविधिक समस्या आउने र पछि त्यसको मर्मत गर्दा महानगरकै ठूलो रकम खर्च हुने भएकाले महानगरकै गाडी प्रयोग गर्ने निर्णयमा पुगेको छु ।’ मेयर कोइरालासँग तीन करोड ३० लाख रुपैयाँमा खरिद गरेको निजी गाडी छ । यो गाडी गत चैतमा मात्रै खरीद गरेका थिए । सबै विषयमा पारदर्शिता अपनाउने बताउँदै उनले आफ्नो निजी कामबाहेक महानगरकै गाडी प्रयोग गर्ने बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ