काठमाडौँ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ११ सेरामा नेपाल प्रहरी र शसस्त्र प्रहरीका डिएसपी सवार प्रहरीको भ्यान दुर्घटनामा परेको छ । लु १ झ ६६० नम्बरको टाटा भ्यान तल्लो सेरामा दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ । मृतकको नाम खुलेको छैन ।
दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख डिएसपी प्रकाश डाँगी र शसस्त्र प्रहरीका डिएसपी सहित ३ जना प्रहरी जवान तथा गाडी चालक घाइते भएका छन्। घाइते मध्य केहिको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुवै डिएसपीको अवस्था भने सामान्य रहेको छ । इलाका प्रहरी कार्यालय तकसेरा अनुगनमका लागि जादै गरेको डिएसपीहरुको टोली सदरमुकाम रुकुमकोटबाट तकसेरा जाँदै गरेको थियो । ।
यस्तै गृहमन्त्री बालकृष्ण खाणले जीप दुर्घटना हुँदा प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीसहित गम्भीर घाइते भएका सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले घाइतेमध्ये गम्भीर अवस्थाका सुरक्षाकर्मीलाई उद्धार गरी अस्पताल पुर्याउनका लागि नेपाली सेनाको हेलिकप्टर पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलमा गएको जनाइएको छ । गृहमन्त्री खाणले घाइतेको यथाशक्य उपचारको व्यवस्था मिलाउन गृह प्रशासन र रुकुमपूर्व प्रशासनलाई निर्देशन दिएका छन् ।
जिल्लास्थित स्रोतसाधनले घाइतेलाई अस्पतालसम्म पुर्याउन नसकिने भए मन्त्रालयमा खबर गर्न पनि गृहमन्त्रीले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जिप सडकबाट करिब ८० मिटर तल खस्दा डिएसपी डाँगीको टाउकोमा गहिरो चोट लागेको छ । प्रहरी जवान लक्ष्मण बूढा गम्भीर घाइते भएका छन् ।
रुकुमपूर्वका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइते भएका छन् । जिपमा छ सुरक्षाकर्मी सवार भएको बताइएको छ । घाइतेलाई लिन सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर उडिसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पूृर्वले जनाएको छ । गाडि सडकबाट करिब १ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन ।
प्रतिक्रिया