• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    युएई १ विकेटले पराजित

    421
    SHARES


    काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा युएई पराजित भएको छ । स्कटल्याण्डको मनोफिल्ड क्रिकेट मैदानमा बिहीबार भएको खेलमा अमेरिका १ विकेटले विजयी भएको हो । घरेलु टोलीसहित अमेरिका तथा यूएई समावेश लिग टूको यस सिरिजमा यूएईको यो दोस्रो हार हो । यूएईले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५ बल बाँकी रहदै ९ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

    उसका लागि मोनाक पटेल तथा आरोन जोन्सले अर्धशतक बनाए । कप्तान पटेलले ८५ तथा जोन्सले ५१ रन बनाए । इयान हल्याण्डले ३० तथा स्टेभन टेलरले २९ रन बनाए । गजानन्द सिंहले अविजित २६ तथा सुसान्त मोदिनीले १२ रन बनाए । यूएईका लागि जुनेद सिद्धिकि र रोहन मुस्ताफाले समान २/२ विकेट लिए । जाहोर खान,बासिल हमिद र कप्तान अहमद राजाले समान १/१ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५३ रन बनाएको थियो । उसका लागि आर्यन लाकेर तथा भृत्य अरबिन्दले अर्धशतकिय ईनिङ खेले । लाकृरले ८४ तथा अरबिन्दले ५३ रन बनाए । सिपि रिजवान ३९ तथा बासिल हमिदले २५ रन बनाए । अमेरिकाका लागि शौरभ नेत्राभाल्करले ३ तथा ईयान होल्याण्ड, स्टेभन टेलर र क्यामरोन स्टेभसनले समान १/१ विकेट लिए । जितसँगै अमेरिका चौथो स्थानमा रहेको छ ।

    अमेरिकाले २५ खेलमा २५ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको यूएईको भने २४ खेलबाट २६ अंक रहेको छ । यस सिरिजको तेस्रो खेलमा शनिबार घरेलु टोली तथा अमेरिका खेल्नेछन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ