• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपाल युवा परिषद्ले राष्ट्रिय युवा सम्मेलन गर्दै

    443
    SHARES


    काठमाण्डाै। आज अन्तर्राष्ट्रिय युवा दिवस, अन्तरपुस्ताको ऐक्यबद्धता : सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता भन्ने नाराकासाथ मनाइँदै छ। युवाका मुद्दा र सवाललाई सम्बोधन गर्ने उद्देश्यले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ ।

    दिवसका अवसरमा नेपाल युवा परिषद्ले राष्ट्रिय युवा सम्मेलन गर्दैछ । काठमाण्डौमा तीन दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट २ सय २० जना युवा सहभागी हुनेछन् । ७७ वटै जिल्लाबाट एक महिला र एक पुरुष गरी १ सय ५४ जना तथा विभिन्न समुदायका ६६ जना युवा सम्मेलनमा सहभागी हुनेछन् ।

    आज, भोलि र पर्सिसम्म चल्ने सम्मेलनको नारा उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने तय गरिएको परिषद्ले जनाएको छ । यस्तै, राष्ट्रिय युवा परिषद्ले नेपाली गजल, टिकटक र युट्युब भिडियो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो तथा सान्त्वना पुरस्कार जित्नेलाई आज पुरस्कारसहित प्रमाणपत्र वितरण गर्दैछ । परिषद्ले हिजो प्रतियोगिताको नतिजा सार्वजनिक गरेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ