• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    निर्वाचनमा कुनै अधिकृतले पार्टीको पक्ष लिँदैनन् आ-ईजीपी सिंह

    293
    SHARES


    काठमाडौँ। प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुनै पनि प्रहरी अधिकृतले पार्टीको पक्ष नलिने दाबी गरेका छन् । बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजीपी सिंहले सबै राजनितिक दलहरूलाई प्रहरीले समान दृष्टिले हेर्ने जाकारी दिँदै भने-‘हाम्रा लागि सबै पार्टी बराबर ।’ ‘कोही अधिकृतले दलको पक्ष लिँदैनन्’ उनले भने-‘प्रहरीको काम पुलिसिङ गर्ने हो, हामी त्यहि गर्छौं ।’

    मन्त्रिपरिषद्ले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको छ । वैशाख ३० मा सम्पन्न स्थानिय तह निर्वाचनको सुरक्षामा कुनै त्रुटी नगरिएको दाबी गर्दै सिंहले आगामी निर्वाचनमा पनि त्रुटिरहित ढंगले सम्पन्न गरिने बताए ।

    प्रहरी महानिरीक्षकमा सिंह नियुक्त भएपछि २ हजार ६५५ जना विभिन्न पदका प्रहरी कर्मचारीको बढुवा भएको छ । बढुवामा अब्बल अधिकृतहरु नपरेको बारे पत्रकारको जिज्ञासामा सिंहले भने-‘राम्रा हुँदाहुँदै पनि सिमित सिटका कारण बढुवा गर्न नसक्दा दुःख लाग्छ ।’ एकपटक पछि परेको अधिकृतलाई क्षमता हुँदाहुँदै सँधै पछि पार्नु नहुने उनको भनाइ छ ।

    २०७९ वैशाख १९ मा सिंहले आईजीपीको कार्यभार समालेपछि १६ जना प्रहरी कारवाहीमा परेका छन् । अपराधमा संलग्न प्रहरीले छुट नपाउने सिंहले बताए । सिंहले प्रहरीको फरेन्सिक ल्याब ल्याब स्तरोन्नति गर्न लागेको जानकारी दिए ।

    मिटर ब्याजबाट पीडित भएको भनेर आन्दोलन गर्नेहरुलाई आइजीपी सिंहले प्रहरी कार्यालयमा उजुरी गर्न आग्रह गरेका छन् । कानुन बमोजिम जाहेरी ल्याए कारवाही हुने उल्लेख गर्दै सिंहले भने-‘प्रहरी युनिटहरूले कारबाहीमा तदारुकता नदेखाए महानिरीक्षक कहाँ आएपनि हुन्छ ।’

    मिटर ब्याजबाट पीडितहरुलाई सिआइबीमा उजुरी गर्न आग्रह गर्दै उनले भने- ‘सिआइबीमा जानुस्, चाँडो समस्या समाधान हुन्छ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ