• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    तेल डिपोमा चट्याङका कारण सुरु भएको आगलागी ५ दिनपछि बल्ल नियन्त्रणमा

    311
    SHARES


    काठमाडौँ। अग्नि नियन्त्रकले क्युबाको इतिहासको सबैभन्दा खराब भनिएको आगजनीलाई पाँच दिनपछि नियन्त्रणमा लिएका छन् । आगजनीले क्युबाको झण्डै ४० प्रतिशत इन्धन भण्डारण नष्ट भएकोले धेरै स्थानमा विद्युत प्रसारण अवरुद्ध भएको छ । कच्चा तेल र इन्धन आयातको लागि प्रयोग हुने सबैभन्दा ठूलो क्युबाली बन्दरगाह मटान्जामा भण्डारण गरिने झण्डै १० ठूलो ट्याकंहरु यस मुलुकमा विद्युत उत्सर्जन गर्न प्रयोग हुने गरेको छ ।

    क्युबाली गृह मन्त्रालय अन्तरगतको यातायात विभागका प्रमुख रोनाल्डो भेसिनोले मंगलबार सरकारी टिभीमा बोल्दै ‘अग्नि नियन्त्रकले आगजनीलाई नियन्त्रणमा लिएको’ बतायो । आगजनीले दसमध्ये चार ट्याङ्क नष्ट गरेको थियो । मंगलबार अग्नि नियन्त्रणको लागि अतिरिक्त हेलिकप्टरहरु, मेक्सिकोले पठाएको अग्नि नियन्त्रक डुंगा परिचालन गरिएको थियो । दिनको उत्तरार्द्धमा अग्निनियन्त्रकहरु पहिलोपटक विशाल अग्नि नियन्त्रण गर्ने उपकरणसहित भण्डारण क्षेत्रमै पुगेका थिए । उनीहरुले बाँकी उडिरहेको भागमा फिँज र पानी हालेका थिए ।

    अधिकारीहरुले अहिलेसम्म आगजनीमा कति इन्धन नष्ट भयो भनेर खुलाएका छैनन् । उनीहरुले बिस्फोट र आगजनीले नजिकैको समुन्द्र तटलाई प्रदूषित बनाउन नपाएको बताएका छन् । तथापि बन्दरगाहबाट झण्डै १३० किमी पर राजधानीसम्म मानिसहरुलाई मास्कको प्रयोग गर्न निर्देशन दिइएको छ । साथै अब हुने वर्षा अम्लीय हुने भएकाले बाहिर पानीमा नरुज्न चेतावनी जारी गरिएको छ ।

    शुक्रबार साँझ इन्धन भण्डारण गरिएको ट्याकंमा चट्याङ्ग पर्दा आगजनी भएको थियो । आइतबार आगो दोस्रो ट्याङ्कमा फैलिएको थियो । अग्नि नियन्त्रकहरूको ठूलो प्रयासका बावजुद सोमबार चारवटा इन्धन भण्डारण ट्याङ्क नष्ट भयो ।

    अग्नि नियन्त्रणका लागि क्युबालाई मेक्सिको र भेनेजुलयाले सयभन्दा बढि अग्नि नियन्त्रक सहयोग पठाएका थिए । आगजनीमा हालसम्म एकजना अग्नि नियन्त्रक मारिएका छन् भने १४ जना हराइरहेका छन् । झण्डै १०० जना घाइते भएका छन्, जसमध्ये २२ अझै अस्पतालमा रहेको बताइन्छ । अस्पतालमा रहेकामध्ये पाँचको स्थिति गम्भिर रहेको बताइन्छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ