• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    भाजपासँग सहकार्य तोडेका नितिशकुमार के भन्छन्?

    0.9K
    SHARES


    काठमाडौँ । बिहारका मुख्यमन्त्री नितिशकुमारले अस्ति भाजपासँगको सत्ता गठबन्धन टुटाए र राज्यका बाँकी दलको समर्थनमा हिजो पुनः नयाँ सरकार गठन गरेका छन् । यस कदमबाट रुष्ट भएको भाजपा नेताले नितिश कुमारमाथि विभिन्न आरोप लगाइरहेका छन् । पार्टीका एक नेता सुशीलकुमार मोदीले नितिशकुमारले देशको राष्ट्रपति बन्न पाएको झोकमा भाजपासँग छुट्टिएको आरोप लगाए ।

    सुशीलको यस भनाइप्रति प्रतिक्रिया दिने क्रममा नितिशले यो झुटो दावी भएको बताए । बिहीबार पटनामा पत्रकारहरूले नितिशकुमारसँग ‘भाजपाले नयाँ सरकारको आयु ६ देखि ८ महिनाको तोकेको छ, योभन्दा बढी अहिलेको सरकार टिक्न नसक्ने भाजपाको दाबीबारे के भन्नुहुन्छ’ भन्ने प्रश्न गरेका थिए ।

    जवाफमा नितिशकुमारले भने –‘जसको दिमागमा जे आउँछ त्यही बोलिरहेका छन् । एक जनाले मेरो बारेमा के भने देख्नुभएन, मैले उपराष्ट्रपति बन्न चाहेको रे । यो कस्तो मजाक हो ?’ बुधवार भाजपा नेता सुशीलकुमार मोदीले ‘नितीशकुमार देशको उपराष्ट्रपति बन्न चाहन्थे । उनका दलका धेरै नेताहरूले भाजपाका मन्त्रीहरूलाई यो कतिको सम्भव भएको सोधेका थिए ।’

    यता नितिशकुमारले पत्रकारसँग बोल्ने क्रममा भने, ‘यो विल्कुलै झुटो कुरा हो । मेरो राष्ट्रपति वा उपराष्ट्रपति बन्ने कुनै चाहना थिएन । राष्ट्रपति र उपराष्ट्रपति दुवैको चुनावमा हाम्रो पार्टीले तिनलाई समर्थन गरेको अहिले तिनले बिर्सिए चुनाव लगतैपछि हाम्रो पार्टीले बैठक गरेकोले उनीहरुले बाहनामा पाएका छन् । सायद ती व्यक्तिलाई तिनको पार्टी नेतालाई देखाउन पनि म विरुद्ध विषवमन गर्नुछ होला । ठिकै छ, म विरुद्ध बोलेको कुराले तिनले महत्वपूर्ण पद पाउन् ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया