• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    हिजो मात्रै कोभिडलाई जितेको घोषणा गरेका किम जोङ उन फेरि बिरामी

    466
    SHARES


    काठमाडौँ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन बिरामी परेका छन् । उनकी दिदीले कोभिड-१९ बाट सङ्क्रमित भएका उनलाई ज्वरो आएको बताएकि छिन् । नेता किम जोङ उनले हिजो मात्रै कोभिड-१९ माथि विजय हासिल गरेको घोषणा गरेका थिए । झण्डै दुई हप्तासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि किमले हिजो कोभिडलाई जितेको घोषणा गरेका थिए ।

    महामारीको सुरुवातदेखि नै कडा कोरोना भाइरस नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे महिनामा राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोप देखिएको घोषणा गरेको थियो । उत्तर कोरियाले सुरुमा परीक्षण नै नगरि ज्वरोका बिरामी भन्दै कोभिडलाई नजरअन्दाज गरेको थियो । तर, महामारी फैलिएपछि सङ्क्रमण देखिएको बताएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ