• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    सत्ता गठबन्धनको कार्यदलको बैठक दिउँसो २ बजे बालुवाटारमा बस्ने

    597
    SHARES


    काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनले चुनावी तालमेलको मापदण्ड र मोडालिटी तयार पार्न कार्यदलको बैठक बस्दैछ । सिट बाँडफाँटको मोडालिटीबारे छलफल गर्न आज दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

    कार्यदलको साउन २३ गते बसेको बैठकमा कार्यदलका सदस्यले आ आफ्नो दलको निर्णय सुनाएका थिए । योबीचमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेलबारे आफ्नो आन्तरिक छलफल गरेका थिए ।

    आजको बैठकमा सिट बाँडफाँट​को आधार र मापदण्डबारे प्रस्ताव राखेर छलफल गर्ने कार्यदलको तयारी रहेको छ । कार्यदललाई भदौ पहिलो साताभित्र चुनावी तालमेलको मापदण्ड र मोडालिटी बनाएर प्रतिवेदन बुझाउन भनिएको छ ।

    तोकिएको समयभित्र प्रतिवेदन बुझाइने गरी कार्यदलले काम थालेको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीको भनाइ रहेको  छ । कार्यदलले तयार पारेको मापदण्डका अनुसार गठबन्धनका शीर्ष नेताबारे सिट बाँडफाँट गर्ने छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ