• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    यसवर्ष गाईजात्रा र जनैपूर्णिमा भोलि एकै दिन

    600
    SHARES


    काठमाडौँ।  यसवर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिकाअनुसार आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुनेछ ।

    पूर्णिमाको तिथि भोलि बिहान ७ बजेर २५ मिनेटसम्म रहने र त्यसपछि प्रतिपदा लाग्ने समितिले जनाएको छ ।

    पूर्णिमा तिथि बिहानै सकिने भए पनि भोलि दिनभर जनै र डोरो बाँध्न मिल्ने समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिएका छन् ।

    पर्सि शनिवार प्रतिपदा तिथि नभएको र प्रतिपदामै गाईजात्रा मनाउने चलन भएकाले गाईजात्रा पनि भोलि नै मनाउनुपर्ने उनको भनाइ छ । पूर्णिमा व्रत भने आजै मनाउनु पर्ने पनि उनले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ