• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    वाम समाजवादी मोर्चा : एउटै घोषणापत्र बनाएर गए पनि-एउटै चुनाव चिह्नमा जान कठिन देखियो

    440
    SHARES


    काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस बाहेकका दलहरुले बनाउने भनिएको वाम समाजवादी मोर्चा निर्वाचन आयोगमा दर्ता नहुने भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले पाँचदलीय गठबन्धनभित्र वाम समाजवादी मोर्चा बनाउन निरन्तर छलफल गर्दै आएका छन् । राष्ट्रिय जनमोर्चालाई समेत मोर्चामा संलग्न गराएर एउटै चुनाव चिह्नमा लड्ने समेत छलफल भएको थियो ।

    तर यो सम्भावना समाप्त भएको छ । एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले प्रदेश र प्रतिनिधिसभाका लागि दल दर्ताका लागि निर्णय गरेको छ । उपमहासचिव प्रकाश ज्वाला भन्छन्, ‘एउटै चुनाव चिह्नमा जान कठिन देखियो । तर एउटै घोषणापत्र बनाएर जाने सम्भावना अझै पनि छ ।’

    निर्वाचन आयोगले ४ मंसिरको चुनावका लागि दल दर्ताका लागि ३१ साउनसम्मको समय दिएको छ । दुई वा दुईभन्दा बढी दलले एउटै चुनाव चिन्हमा लड्ने भए यही समयमा मोर्चा दर्ता गर्नुपर्ने आयोगले बताएको छ । एउटै चुनाव चिह्न लिएर लड्दा समानुपातिकको सूची पनि एउटै बुझाउनुपर्ने हुन्छ । सिट बाँडफाँटका लागि सहमति जुटाउन सकस परेका बेला समानुपातिकको सम्भावित सिट भागवण्डा गरेर त्यसअनुसार बन्दी सूची बनाउने सम्भावना नदेखिएको माओवादी केन्द्रका एक नेताले सुनाए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ