• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपालसामु सैन्य युद्ध आतंकको खतरा छ : देव गुरुङ

    582
    SHARES


    काठमाडौँ । नेकपा माओवादी केन्द्र) का नेता देव गुरुङले नेपाल सामु सैन्य युद्ध आतंकको खतरा रहेको बताए। बुधवार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विश्व साम्राज्यवादले अहिले नेपालसहित पूर्वी मुलुकमा इण्डो प्यासिफिकको सम्झौता अघि सारेर सैन्य युद्ध मच्चाउन लागेको बताएका हुन् ।

    उनले भने, ‘विश्व साम्राज्यवादले जुन प्रकारको युद्ध आतंक मच्चाउन खोजिरहेको छ, साउथ एसिया र इण्डो प्यासिफिक क्षेत्रमा युद्ध आतंक मच्चाउन खोजिरहेको छ । पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको छ । पूर्वमा इण्डोप्यासिफिक अघि सारेर युद्ध मच्चाउन खोजिरहेको छ । युद्धको स्थितिले गर्दा तत्काल नेपालको स्थिति के हो भन्ने प्रश्न उठेको छ ।’

    नेता गुरुङले पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको उल्लेख गर्दै नेपाललाई सैन्य अड्डा र द्वन्द्वस्थल बनाउने खतरा रहेको दाबी गरे । उनले भने, ‘नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने प्रक्रियाबाट जाने हो भने नेपाल कुनै दिन अफगानिस्तान, युक्रेन हुनसक्ने खतरा छ । हामीसामु युद्ध र सैन्य गतिविधिको खतरा छ ।

    हामीसामु युद्ध आतंकको खतरा छ । युद्धको रुपमा नेपालमा विदेशीहरुको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुन्छ । देशलाई एकतावद्ध गरेर लैजान पनि राष्ट्रिय दलहरूको बीचमा राष्ट्रिय सहमतिको जरुरी छ ।’

    उनले देशलाई सैन्य क्रिडास्थल बनाउने प्रक्रियाबाट जाँदा नेपाल कुनै दिन अफगानिस्तान र दोस्रो युक्रेनमा परिणत हुनसक्ने चेतावनी दिए । उनले नेपालमा विदेशीहरुको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुने भन्दै राष्ट्रिय स्वाधिनताको मुद्दामा सबै पार्टी र जनता एकसाथ हुनुपर्ने बताए ।

    उनले नेपालको इतिहासमा सुगौली सन्धिदेखि नै नेपालको राष्ट्रिय स्वाधिनता कुण्ठित हुँदै आएको बताए । उनले नेपालमा खुला सीमानाका कारण जनसांख्यिक अतिक्रमण, अवैध प्रकारका सामग्रीहरुको ओसारपसारको वृद्धि र राजश्व छली भइरहेको बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ