• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार स्वास्थ्य

    स्वास्थ्य मन्त्रालयका ५ उच्च अधिकारीको जिम्मेवारी हेरफेर

    334
    SHARES


    काठमाडौँ । सरकारले स्वास्थ्य मन्त्रालयका ५ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै ५ जना उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । लामो समयदेखि रिक्त रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखाको जिम्मेवारी डा.सन्जयकुमार ठाकुरले पाएका छन् ।

    राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक ठाकुरलाई महाशाखाको जिम्मेवारी दिइएको भने डा.ठाकुरको ठाउँमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयकी सचिव रिता जोशीलाई तानिएको छ । स्वास्थ्य सेवा विभागमा कान्ति बाल अस्पतालमा कार्यरत भवनाथ खतिवडालाई सरुवा गरिएको छ भने केन्द्रका निर्देशक केशवराज पण्डितलाई मन्त्रालयमा ल्याइएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ