• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    अष्ट्रेलियाकी कप्तान मेग लानिङ अनिश्चितकालका लागि क्रिकेटबाट टाढा रहने

    505
    SHARES


    काठमाडौँ । अष्ट्रेलियाको महिला क्रिकेट टिमकी कप्तान मेग लानिङले व्यक्तिगत कारण देखाउँदै क्रिकेट खेलबाट अनिश्चितकालका लागि विश्राम लिएकी छन् । ३० वर्षीया लानिङले केही वर्षको व्यस्त तालिकाबाट आफूमाथि केन्द्रित हुनका लागि क्रिकेटबाट अनिश्चित समयका लागि विश्राम लिएको बताएकी बीबीसीले जनाएको छ ।

    अष्ट्रेलियालाई दुई पटक एकदिवसीय विश्वकप तथा चार पटक टी-ट्वान्टी विश्वकपको उपाधि दिलाएकी लानिङले कमनवेल्थ गेम्समा देशलाई स्वर्ण जिताएपछि क्रिकेटबाट अनिश्चितकाल टाढा बस्ने घोषणा गरेकी हुन् । लानिङ भने अष्ट्रेलियाले चार पटक विश्वकप जित्दा टोलीको सदस्य रहेकी थिइन् । उनले तत्काल द हन्ड्रेड प्रतियोगिता गुमाउने भएकी छन् । उनले ट्रेन्ट रकेट्सका लागि खेल्ने भएकी थिइन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ