• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    नेपाली राष्ट्रिय क्रिकेट टोली भदौको पहिलो साता केन्या जाँदै

    1.6K
    SHARES


    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली भदौ पहिलो साता केन्या जाने भएको छ। घरेलु टोली केन्यासँगको टी-ट्वान्टी र एकदिवसीय सिरिजका लागि नेपाली टोली भदौ पहिलो साता केन्या जाने भएको हो । नेपाल क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले भदौ ७ मा केन्या पुग्ने गरी टोली त्यसतर्फ जाने बताए।

    ‘नेपाली टोली अगस्ट २३ (भदौ ७) मा केन्या पुग्ने कार्यतालिका रहेको छ ,’ मल्लले  ‘नेपाली टोली २३ तारिख(भदौ ७)मा नै यताबाट हिड्छ कि २२ तारिख(भदौ ६)मा नै हिड्छ अहिले सम्म निश्चित भएको छैन ।’ नेपाली टोलीको प्रस्थान मिति भने केहि दिनमा नै निश्चित हुने मल्लले जानकारी दिएका छन् ।

    नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी र ३ खेलको एकदिवसीय सिरिज खेल्नेभएका छन् । नेपालले सुरुआतमा ५ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ भने पहिलो टी-ट्वान्टी अगस्ट २५ मा हुनेछ । यस्तै अन्तिम टी-ट्वान्टी अगस्ट ३० मा हुनेछ । त्यस लगत्तै ३ खेलको एकदिवसिय सिरिज हुनेछ । पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो एकदिवसीय सेप्टम्बर ३ र अन्तिम एकदिवसीय सेप्टेम्बर ५ मा हुने जनाइएको छ । केन्या भ्रमणका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।

    सन्दीप लामिछाने(कप्तान), रोहित पौडेल(उपकप्तान), आसिफ शेख, आरिफ शेख (विकेट किपर),दीपेन्द्र सिंह ऐरी, देव खनाल, आदील आलम,करण केसी,ज्ञानेन्द्र मल्ल, सोमपाल कामी,बसिर अहमद, अर्जुन साउद (विकेट किपर), पवन सर्राफ, शाहब आलम,किशोर महतो,विवेक यादव लगाएतका खेलाडी रहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया