काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको एक जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ ।
बालाजु बाइपासको अन वर्ल्ड फुटवेयरमा आज बुधवार बिहान साढे ११ बजे सुरु भएको आगलागी दिउँसो २ बजे निभाइएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
काठमाण्डाै र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सात वटा दमकलको प्रयासले आगो निभाइएको मैनालीले जानकारी दिएका छन् ।
श्रीराम पाण्डेले सञ्चालन गरेको जुत्ता कारखानामा लागेको आगो निभाउनका लागि जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रमुखसहितको टोली, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा खटिएको थियो ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी चार सय हाराहारीमा सुरक्षा जनशक्ति र २० वटा निजी पानी ट्याङ्करको प्रयोग गरिएको थियो । विद्युत् शर्ट भएर कारखानामा आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ।
प्रतिक्रिया