• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    जुत्ता उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

    401
    SHARES


    काठमाडौं । काठमाडौँ महानगरपालिका-१६ बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

    जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जुत्ता कारखानामा लागेको आगलागी नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए ।

    उनका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । अहिले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी आगो नियन्त्रणमा खटिएका छन् ।

    आगलागी नियन्त्रणमा लिन जुद्ध वारुणयन्त्र, सेना र प्रहरीको दमकलसमेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ । कारखानाबाट नजिकै रहेका घरमा समेत आगो फैलिने सम्भावना भएपछि स्थानीय त्रसित बनेका छन्। आगलागीको कारण भने खुल्न सकेको छैन।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ