काठमाडौँ । छायाँकार विदुर पाण्डेको हृदयाघातबाट निधन भएको छ । आज बिहान पाण्डेको हृदयाघातबाट निधन भएको हो । पाण्डेको पार्थिव शरीर पशुपति आर्यघाट पुर्याइएको छ ।
उनी लामो समयदेखि छायाङ्कनको क्षेत्रमा सक्रिय रहेका थिए । उनले कागबेनीलगायतका केही फिल्ममा छायांकन गरेका थिए भने दर्जनौँ म्युजिक भिडियो, विज्ञापन फिल्म, डकुमेन्ट्री फिल्म छायांकन गरेका छन् ।
प्रतिक्रिया