• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    युक्रेन युद्ध क्रिमियाको उन्मुक्तिसँगै अन्त्य हुनुपर्ने जेलेन्स्कीको भनाई

    565
    SHARES


    किभ- राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको युद्ध क्रिमियाबाट सुरु भएको र यसको मुक्तिसँगै अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले त्यहाँको रुसी एयरबेसमा शृंखलाबद्ध विष्फोटमा एक जनाको मृत्यु भएको केही घण्टापछि आफ्नो नियमित रात्रिकालीन सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले उक्त धारणा व्यक्त गरेका हुन् ।

    उनले विस्फोटबारे केही उल्लेख नगरी क्रिमियाबारे भने, ‘क्राइमिया युक्रेनी हो र हामी यसलाई कहिल्यै छोड्ने छैनौं ।’ रुसले पछिल्लो समयमा युक्रेनी संरचनामा विस्फोटका शृंखला घटाएको छ । एक शीर्ष युक्रेनी सल्लाहकारले रुसी हवाई आधारमा भएको विस्फोटमा युक्रेन जिम्मेवार नभएको बताएका छन् ।

    क्रिमिया आधिकारिक रुपमा युक्रेनको महत्वपूर्ण भूभाग हो । तर, सन् २०१४ मा एक जनमत संग्रह पछि रुसले कब्जा गरेको थियो । यस कार्यलाई अन्तर्राष्ट्रिय समुदायले अवैध रूपमा हेर्दै आएको छ । युक्रेनीहरूले यसलाई रूससँगको युद्धको कारकको रूपमा हेर्ने गर्दछन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ