• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पहिरोका कारण रसुवाका विभिन्न ठाउँमा सडक अवरुद्ध

    1.4K
    SHARES


    रसुवा।  गएराति आएको पहिरोका कारण पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ । रसुवाको बेत्रावती कालीकास्थान सडक खण्ड अन्तर्गत पर्ने बनुवामा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार जिल्लाको उत्तरगया गाउँपालिका-५ मा रहेकाे बनुवामा पहिरो गएका कारण बिहानैदेखि गाडी सञ्चालन हुन सकेका छैन।

    पहिरोले बेत्रावती-मैलुङ सडक खण्डसमेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा आउन केही दिन लाग्ने प्रहरीले जनाएको छ । यो सडक खण्ड भएर सदरमुकाम धुन्चे, रसुवागढी नाका, गोसाइँकुण्ड, लाङटाङलगायतका ठाउँमा पुग्न सकिन्छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया