• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    भारतका प्रधानमन्त्री मोदीसँग २.२३ करोड भारु बराबरको सम्पत्ति

    373
    SHARES


    काठमाडौँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग २.२३ करोड भारुभन्दा बढीको सम्पत्ति रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। अधिकांश सम्पत्ति बैंक निक्षेपको रूपमा छ। गुजरातको गान्धीनगरमा आफ्नो जग्गा दान गरेकाले प्रधानमन्त्रीसँग अहिले कुनै अचल सम्पत्ति छैन। यो जग्गाको मूल्य १ करोड १ लाख थियो ।

    प्रधानमन्त्री कार्यालय (पीएमओ) को वेबसाइटमा प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । सम्पत्ति विवरण अनुसार ३१ मार्च २०२२ सम्म उनको कूल सम्पत्ति २ करोड २३ लाख ८२ हजार ५०४ रुपैयाँ रहेको थियो । योसँगै मोदीको चल सम्पत्ति गत वर्षको तुलनामा २६.१३ लाखले बढेको देखिएको छ ।

    मोदीले दान गरेको जग्गाको अंश गुजरातको मुख्यमन्त्री हुँदा अक्टोबर २००२ मा किनेका थिए। यस जग्गामा थप ३ जनाको पनि स्वामित्व रहेको थियो । यसमा प्रधानमन्त्रीको २५५ हिस्सेदारी थियो भने मोदीसँग १ लाख ८९ हजार ३०५ रुपैयाँको जीवन बीमा पनि रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ