• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय राजनीति

    गठबन्धनको साथ दिदै मुख्यमन्त्रीले दिए राजीनामा

    658
    SHARES


    काठमाडौँ । भारतीय राज्य बिहारका मुख्यमन्त्री नितिश कुमारले राजीनामा दिएका छन्। मंगलबार उनले प्रदेशका गभर्नरलाई राजीनामा बुझाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै नितिश कुमारले केन्द्रीय सरकार चलाइरहेको भारतीय जनता पार्टीसँगको गठबन्धन पनि छोडेको बताएका छन्।

    ‘एनडिए गठबन्धन छोड्ने विषयमा हाम्रो दलका सांसद र प्रदेशका विधायक सबै एकमत छन्,’ नितिश कुमारले भनेका छन्। उनले भाजपाका नेता एवं गृहमन्त्री अमित शाहले आफ्नो पार्टी विभाजन गरी सरकार ढाल्न लागेको आरोप लगाएका छन्।

    नितिश कुमार पछिल्लो समय सन् २०१७ मा बिहारको मुख्यमन्त्री बनेका थिए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ