काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले केन्या भ्रमणका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।
टिममा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् । ज्ञानेन्द्रसँगै शाहब आलम र विवेक यादवले पनि पुनरागमन गरेका छन् ।
अर्जुन साउद पहिलो पटक टिममा परेका छन् । कुशल भुर्तेल र विनोद भण्डारी भने राष्ट्रिय टिमबाट बाहिरिएका छन् ।
नेपालले केन्यामा गएर भदौ ९ देखि १३ सम्म टी-२० अन्तर्राष्ट्रिय तथा भदौ १७, १८ र २० गते एकदिवशीय खेल खेल्ने छ ।
प्रतिक्रिया