• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    केही व्यक्तिको स्वार्थपूर्तिका लागि २१ वटा पालिकाको फोहोर असरल्ल पार्न सकिंदैन : मेयर बालेन्द्र

    576
    SHARES


    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न नसकिने बताएका छन् ।

    वर्षौंदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणवद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको भन्दै उनले त्यसै क्रममा सिस्डोल-बञ्चरेडाँडा सडकखण्डको आलेटारमा अपरिचित समूहले फोहोर व्यस्थापनमा प्रयोग भएका टिपर र डोजर तोडफोड गरेको बताएक छन् ।

    अपरिचित समूहले फोहोर बोकेका १४ वटा गाडी र सडक मर्मतमा प्रयोग भएका ३ वटा डोजर तोडफोड गरेको थियो । गाडी तोडफोडलाई फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा आफूहरुले लिएको भन्दै बालेनले लेखेका छन्, ‘कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो ।

    कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ