इलाम । डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा सुरु गरेका छन् । इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन सुरु गरेका छन्उ । सोमवारदेखि उनले २० दिनसम्म नियमित सेवा प्रवाह गर्ने जनाइको छ । सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उनले बताए ।
उनले दैनिक ५० जनासम्म बिरामी हेर्ने भनिए पनि धेरै बिरामीको चाप बढेपछि अबेरसम्म बिरामी जाँच गरिरहेका छन् । इलाम अस्पतालले उनलाई उपचारमा सहयोगका लागि आवश्यक सहयोग गर्ने अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताएका छन् ।
यसअघि डाक्टर केसी ताप्लेजुङमा गएर बिरामीको उपचार गरेर आएका हुन् । झन्डै २७ वर्ष शिक्षण अस्पतालमा काम गरेका केसीले तीन दसकभन्दा बढीसमय स्वाथे क्षेत्रमा योगदान गरेका छन् ।
प्रतिक्रिया