• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    पाँच दलीय गठबन्धनमा समेट्न युवराजको निवेदन

    717
    SHARES


    काठमाडौँ । वामदेव गौतमसँग छुटेर समाजवादी केन्द्र गठन गरेका युवराज सफलले आफ्नो समूहलाई पाँच दलीय गठबन्धनमा राख्न प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् । सफलको टोलीले प्रधानमन्त्री देउवा तथा काँग्रेस नेता रामचन्द्र पौडेललाई छुट्टाछुट्टै भेटेर यस्तो आग्रह गरेका हुन् ।

    सफलले मंगलबार विज्ञप्ति जारी गर्दै देउवा र पौडेलसँगको भेटमा पाँच दलीय सत्ता गठबन्धनमा सहभागी भई आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन गठबन्धनसँग लड्ने विषयमा छलफल भएको बताएका हुन् । नेताहरुसँगको भेटमा नेपाल समाजवादी केन्द्रले पाँच दलीय गठबन्धनमा आबद्ध हुन निवेदन समेत पेश गरेको छ ।

    उक्त निवेदन पत्रमा आधुनिक नेपाल समाजवादी पार्टी अध्यक्ष तथा नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डल सदस्य कृष्णगोपाल बञ्झरा ,नेकपा राष्ट्रवादी अध्यक्ष तथा नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डल सदस्य मिननाथ देवकोटा ,समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता तथा नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डल सदस्य युवराज सफल ,नेकपा (समाजवादी)स्थायी समिति सदस्य तथा नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डल सदस्य बद्री यादवले हस्ताक्षार गरेका छन् ।

    जवाफमा देउवा र पौडेलले सफलले राखेको प्रस्तावको स्वागत गर्दै उक्त प्रस्ताव गठबन्धनको बैठकमा राख्ने आश्वासन दिएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ