• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ‘उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा पुनः निर्वाचन गरौं’ : सांसद लक्ष्मी चौधरी

    709
    SHARES


    काठमाडौं । सांसद लक्ष्मी कुमारी चौधरीले ‘उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा पुनः निर्वाचन गर्ने’ प्रस्ताव राखेकी छन् । दलित सदस्य नभएर खाली भएका कारण उक्त पदमा अल्पसंख्यकलाई उठ्न दिनुपर्ने पनि उनको प्रस्ताव छ ।

    मंगलबार प्रतिनिधिसभामा निर्वाचनमा महिला पुरुषको समान सहभागिता हुनुपर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि समर्थन नजाउने क्रममा उनले यस्तो बताएकी हुन् । ‘उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा अल्पसंख्यक उठ्न पाउने गरी पुनः निर्वाचन गर्नुपर्छ’ उनले भनिन् ।

    सांसद लक्ष्मी परियार, अमृता थापा लगायतले पनि उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा पुनः निर्वाचनका लागि सरकारको ध्यानाकर्षण गरेका छन् । यसका लागि प्रचलित निर्वाचन ऐन संशोधन आवश्यक भएकाले त्यसमा ध्यान दिनुपर्नेमा पनि सांसदहरुको जोड रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया