• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    धौलागिरि लघुवित्तको आईपीओ खुल्यो

    347
    SHARES


    काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले २४ साउन मंगलबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।

    कम्पनीले तीन करोड ३१ लाख रुपैयाँ बराबरको तीन लाख ३१ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको थियो । कुल सार्वजनिक निष्कासन गर्न लागेको सेयरमध्ये पाँच हजार १५५ कित्ता कर्मचारीहरुका लागि र १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरेको छ । सर्वसाधारणबाट बाँकी तीन लाख ९२९५ कित्ता सेयरका लागि आवेदन माग गरेको छ ।

    आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतप्राप्त सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा छिटोमा २९ साउन र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा ७ भदौसम्म आवेदन दिने अवधि बढ्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासनका लागि कम्पनीले गराएको रेटिङमा क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले ‘केयर एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

    पछिल्लो तिन आर्थिक वर्षको परिस्कृत वित्तीय विवरण अनुसार लघुवित्त लगातार नाफामा रहेको छ । आब २०७७/७८ को लेखापरीक्षण पछिको विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ६६ पैसा रहेको छ । हाल सात करोड रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको चुक्ता पुँजी आईपीओ निष्कासनपछि १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ