• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कर्मचारीको तलब बजेटमा घोषणा गरेअनुसार नै बढ्छ : अर्थमन्त्री शर्माको

    321
    SHARES


    काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले बजेट घोषणा अनुसार नै कर्मचारीहरुको तलब वृद्धि हुने बताए । कर्मचारीको तलब वृद्धि बजेट घोषणा विपरीत रहेको भन्दै कर्मचारीहरु आन्दोलित भएपछि अर्थमन्त्रीले १५ प्रतिशत मात्र तलब वृद्धि गरिने प्रतिवद्धता जनाएका हुन् ।

    सोमबार अर्थमन्त्री र निजामती कर्मचारी युनियनका पदाधिकारीबीच भएको भेटमा बजेट घोषणा अनुसार नै तलब बृद्धि हुने बताएका हुन । ५ कर्मचारी संगठनका अध्यक्षहरुसँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र नमिलेका विषय ‘पे कमिसन’ गठन गरेर मिलाउने प्रतिबद्धता जनाएका हुन ।

    बजेट भाषण अनुसार सबै राष्ट्र सेवक कर्मचारीहरुको तलब १५ प्रतिशत वृद्धि गर्ने उल्लेख  गरिएको छ । तर, पछि कर्मचारीहरुको नयाँ तलबमान १५ देखि २४ प्रतिशतसम्म वृद्धि भएको विवरण सार्वजनिक भएपछि विवाद सुरु भएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ