• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    परराष्ट्रमन्त्री खड्का आज चीन भ्रमणमा जाँदै

    452
    SHARES


    काठमाडौँ। परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज चीन भ्रमणमा  जाँदैछन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार खड्का २६ गतेसम्म चीनमा रहनेछन् । उनले साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्नेछन्। त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नेछन् ।

    शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएयता मन्त्री खड्काको पहिलो चीन भ्रमण हो। गत मार्च महिनामा चिनियाँ परराष्ट्रमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका थिए। त्यतिखेर उनले दिएको निम्तो मान्न नारायण खड्का यो साता चीन जान लागेका हुन् । पछिल्लो समय चीनबाट उच्चस्तरीय भ्रमण भइरहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ