• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना लागू हुदै

    575
    SHARES


    काठमाडौँ। युरोपेली संघ (ईयू)को ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू हुँदैछ ।  युक्रेन र रुसको युद्धका कारण  उत्पन्न ऊर्जा संकटको सामना गर्न  आजदेखि ईयूमा आवद्ध देशहरुले १५ प्रतिशतले ग्यास खपत कटौती गर्ने योजना कार्यान्वयनमा ल्याउन लागेका हुन् ।

    दुई हप्ता अगाडि २७ राष्ट्र सम्मिलित युरोपेली संघ (ईयू) ले ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने सहमती गरेका थिए ।  यूक्रेनविरुद्ध रूसी सैन्य आक्रमणले ल्याएको ग्यास आपूर्तिको सुरक्षामा आसन्न खतरालाई ध्यानमा राख्दै यो नियम तत्काल लागू गरिनुपर्ने देखिएकोले आजदेखि कार्यान्वयनमा ल्याउन लागिएको इयूले विज्ञप्तिमार्फत् जनाएको छ ।  चिसो मौसममा ग्यासको भण्डारणलाई समयमै बलियो बनाउन सक्षम हुनका लागि अहिलेदेखि यस्तो निर्णय गरिएको विज्ञप्तिमा भनिएको छ ।

    युरोपेली घरपरिवार र व्यवसायहरू ऊर्जाका लागि रूसी ग्यासको भर पर्नुपर्ने र यसका लागि इन्धन भण्डारण नै निर्विकल्प उपाय रहेको छ । केही ईयूमा आवद्ध  देशहरुले यो नियमलाई पालना गर्न असम्भव भएको पनि बताएका  थिए । तर यदि युरोपेली आयोगले ‘ग्यास आपूर्तिमा गम्भीर कमी’ वा असाधारण रूपमा उच्च ग्यासको माग देखापरेको छ भने, यसले ईयू सदस्य राष्ट्रहरूलाई ग्यास कटौतीका लागि बाध्यकारी बनाउँदछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया