• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    तिन बर्षीय छोराको हत्या आरोपमा बाबु पक्राउ

    415
    SHARES


    काठमाडौँ । बर्दियामा ३ वर्षीय बालक हत्याको आरोपमा उनकै बाबु पक्राउ परेका छन् । प्रहरीले बैतडी घर भई हाल बर्दियाको बाँसगढी नगरपालिका-५ मा डेरा गरी बस्ने डम्बरबहादुर बोहरालाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नावय उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार बोहरा साउन १६ गते घरबाट ३ बर्षीय छोरालाई सँगै लिएर फरार भएका थिए । आफन्तले नाबालकको खोजी गरिदिन भन्दै प्रहरीमा निवेदन दिएपछि खोजतलास गर्ने क्रममा बोहरा सोमबार बाँकेको कोहलपुरबाट पक्राउ परेका हुन् ।

    बोहरा पक्राउ परेपछि नाबालकको शव पनि फेला परेको प्रहरी नायव उपरीक्षक सुवेदीले जानकारी दिए । सोधपुछ गर्ने क्रममा बोहराले देखाएको ठाउँमा नाबालकको शव फेला परेको प्रहरी नायव निरीक्षक सुवेदीले बताए । अनुसन्धान भइरहेको र घटनाबारे थप जानकारी आउन बाँकी रहेको उनले जानकारी दिए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ