ललितपुर । ललितपुरको सातदोबाटोस्थित देउराली बचत तथा ऋण सहकारीका अध्यक्षलाई प्रहरीले पक्राउ गरको छ । अध्यक्ष रविद्र चौलाागाईं भैंसेपाटीबाट पक्राउ परेका हुन् ।
३८ वर्षीय चौलागाईंविरुद्ध २ करोड ८० लाखको बैंकिङ कसुर मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको छ ।
उनले दिएको चेक बाउन्स भएपछि जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति दिएको थियो । चौलागाईं भैँसेपाटीमा बस्दै आएका थिए ।
प्रतिक्रिया