• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार स्वास्थ्य

    थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि हुदा १ जनाको मृत्यु

    496
    SHARES


    काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही समयमा एक जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको हो ।

    यस्तै पछिल्लो २४ घण्टामा ४७० जना कोरोना संक्रमण मुक्त भएका छन् भने हाल नेपालमा ५६८६ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ