काठमाडौं । उच्च अदालतको न्यायाधीश हुन आवेदन दिनेमा कानून व्यवसायी बढी देखिएका छन् । न्याय परिषदले उच्च अदालतका २७ न्यायाधीशका लागि आवेदन खुला गरेकामा २७७ जनाले आवेदन दिएका छन् । जसमध्ये १६१ जना कानुन व्यवसायी रहेका छन् ।
न्याय परिषद सचिवालय स्रोतका अनुसार, कानून व्यवसायीपछि जिल्ला न्यायाधीशहरुले सबैभन्दा बढी आवेदन दिएका छन् । त्यसपछि न्यायसेवाका कर्मचारी, सरकारी वकिल, कानून समूह र अन्य छन् । अन्य भनेको कानून, न्याय लगायतका क्षेत्रमा अध्यापन, अनुसन्धानमा संलग्न व्यक्तिहरु हुन् ।
न्याय परिषदले यसवर्षदेखि जिल्ला र उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड जारी गरेको छ । मापदण्ड अनुसार, आवेदन खुलेपछि न्यायाधीश हुने चाहना राख्नेले न्यायपरिषदको सचिवालयमा आवेदन दिनुपर्ने जनाइएको छ । तीमध्ये योग्यतमलाई नियुक्त गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया