काठमाडौँ । असमान तलव वृद्धिका विरूद्धमा निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । नायब सुब्बा बचाउ अभियानले आन्दोलनलाई तीव्रता दिएको छ । नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार देशैभरका नासु बिदामा बस्ने बताएका छन् ।
‘असमान तलब वृद्धिका विरूद्ध र प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने मागका सन्दर्भमा हामीले आन्दोलन गरिरहेको हो,’ उनले भनेका छन् । सोमबार कर्मचारीहरूले सिंहदरबारमै पेनडाउन गरेका थिए ।
साथै मंगलबार अर्थमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्यसचिव, अर्थ सचिव र सामान्य प्रशासन सचिवलाई नासु बचाउ अभियानले उठाएका मागबारे एसएमएस गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी गराएका हुन् ।
प्रतिक्रिया