• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    इजरायल र प्यालेस्टाइनबीच सङ्घर्ष विराम

    476
    SHARES


    काठमाडौँ। ४३ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनापछि इजरायल र प्यालेस्टाइनका विद्राेही समूहबीच सङ्घर्षविरामको घोषणा भएको छ । ३ दिनसम्मको भीषण सङ्घर्षपछि सङ्घर्ष विरामको घोषणा गरिएको छ । ३ दिनसम्मको सङ्घर्षमा बालबालिकासहित ४३ जनाको ज्यान गएको छ भने ३ सय प्यालेस्टाइनी घाइते भएका छन् ।

    इजिप्टको पहलमा सङ्घर्षविरामको घोषणा भएको हो । इजरायलको कब्जामा रहेको वेष्ट बैंकमा गाजापट्टीको विद्रोही समूह (पीआईजे) का वरिष्ठ सदस्य पक्राउ परेपछि गाजापट्टीले इजरायलमा आक्रमण गर्न सुरू गरेको हो । प्यालेस्टाइनका विद्रोही समूहले युद्धविराम आज मध्यरातिदेखि लागू हुने जनाएको छ ।

    युद्धविराम हुनुअघि इजरायलका सेनाले गाजामा रहेको इस्लामिक जिहादलाई लक्षित गरी आक्रमण गरेको थियो । लगत्तै गाजाबाट रकेटहरू प्रहार भएका तर तिनलाई निष्क्रिय बनाइएको इजरायली सञ्चारमाध्यमले जनाएका छन् भने थप आक्रमन्हारू नभएको र युद्धविरामको अबस्था रहेको बीबीसीले जनाएको छ ।

    यसअघि सन् २०२१ को मे महिनामा इजरायल र गाजाबीच ११ दिनसम्म सङ्घर्ष भएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ