• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    क्रिकेटका नयाँ मुख्य प्रशिक्षकका यतिधेरै चुनौती

    594
    SHARES


    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली हाल मुख्य प्रशिक्षक विहीन रहेको छ । मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिएपछि नेपाली क्रिकेट टोलीले मुख्य प्रशिक्षक पाउन सकेका छैनन् । नेपाल क्रिकेट संघ(क्यान) ले नयाँ मुख्य प्रशिक्षक ल्याउने तयारी गरिरहेको छ । क्यानले नेपाली टोलीले चाडै मुख्य प्रशिक्षक पाउने बताउदै आएको छ ।

    अन्तराष्ट्रिय क्रिकेट परिषद(आईसीसी) सँगको परामर्शमा यस अघि वैकल्पिकमा रहेकालाई मुख्य प्रशिक्षक नियुक्त गर्न सुझाव दिएपछि क्यानले त्यहिँ अनुसार प्रक्रिया अगाडी बढाएको छ । अपुर्व देशाई, मोन्टि देशाई र लालचन्द राजपुत क्यानको पहिलो प्राथमिकतामा रहेका छन् । अपुर्व र मोन्टिले यस अघि ब्याटिङ कन्सल्टेन्टका रुपमा नेपाली टिमसँग काम गरिसकेका छन् । नेपालको मुख्य प्रशिक्षक नियुक्त हुने नयाँ प्रशिक्षकलाई सहज हुने छैन । उनको कार्यकाल चुनौती नै चुनौतीले भरिएको हुनेछ ।

    नेपाली टोलीका मुख्य प्रशिक्षकले मुख्यत पाँच चुनौतीलाई पार गर्नु पर्नेहुन्छ ।

    १. गुटबन्दी अन्त्य

    खेलाडीहरु कोहीको नजिक कोहीको टाढा हुनु सामान्य रहन्छ । नेपाली क्रिकेट टोलीको कमजोर नतिजा आईरहनुको मुख्य कारण धेरैले खेलाडीको गुटबन्दीलाई प्रमुख मान्दै आएका छन् । पूर्व मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पनि राजीनामा दिएर जादै गर्दा स्वीकारे । गुटबन्दीको सिकार बनेको नेपाली टिमलाई एकताबद्ध गरी बलियो नतिजातर्फ उन्मुख गराउनु नयाँ प्रशिक्षकलाई चुनौती हुनेछ ।

    २. कमजोर ब्याटिङको सुधार

    अहिले मात्र नभई लामो समयबाट कमजोर रहेको नेपालको ब्याटिङ सुधार्न धेरै प्रयासहरु भए । तर, ती सबै असफल रह्यो । नेपालले कमजोर ब्याटिङकै कारण धेरै खेलमा हार व्यहोरेको छ । अब आउने प्रशिक्षकले नेपालको ब्याटिङलाई सुधार गर्न आवश्यकता छ ।

    ३. एकदिवसीय मान्यतालाई जोगाउनु

    २०१८ देखि २०२३ सम्म नेपालले पाएको एकदिवसीय अन्तराष्ट्रिय मान्यतालाई आगामी पाँच वर्षसम्म निरन्तरता दिनु नयाँ प्रशिक्षकलाई चुनौती हुनेछ । यसका लागि जारी रहेको विश्वकप लिग टूको शीर्ष पाँचमा रहनु जरुरत रहेको छ । शीर्ष पाँचमा रहन नेपालले लिग टूका बाँकी रहेका १६ खेलमा कम्तिमा पनि ८,९ खेल जित्न आवश्यक रहेको छ ।

    ४. राम्रो नतिजा

    अन्य खेलको जस्तै क्रिकेटबाट पनि राम्रो भन्दा राम्रो नतिजाको अपेक्षा सबैले राख्दछन् । तर, पछिल्लो समय नेपाली टोलीले राम्रो नतिजा दिन सकिरहेको छैन । नेपाली टोलीले पछिल्लो समय जित भन्दा हार बढी व्यहोरेको छ । नेपालले पछिल्लो समय खेलेको सिरिजको नतिजाले त्यसै भन्छ । नयाँ प्रशिक्षकलाई हारको शृखलालाई तोड्नु चुनौती हुनेछ ।

    ५. विश्वकपको सपना जीवित राख्नु

    नेपालले विश्वकपको ढोका मानिएको विश्वकप लिग टू खेलिरहेको छ । नेपालले अझै १६ खेल खेल्न बाँकी रहेको छ । लिग टूको शीर्ष ३ मा रहदै विश्वकपको बाटो खुल्ला राख्नु अबको चुनौती छ । यस्तै २०२४ को टी-ट्वान्टी विश्वकपमा नेपालको स्थान पक्का गर्न पनि नयाँ प्रशिक्षकका लागि चुनौतीनै रहेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ