• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने तयारिमा

    381
    SHARES


    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् । त्यसबारे औपचारिक जानकारी दिन उनले आज काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन् ।

    ‘आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर जुम्लाबाट चुनाव लड्ने औपचारिक जानकारी गराउँदैछु,’ शाहीले भने । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु पनि सहभागी हुने उनले बताएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट २०७४ मा माओवादी केन्द्र गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए । अहिले पनि माओवादीबाट महत र कर्णाली प्रदेशका गृहमन्त्री भइसकेका नरेश भण्डारीको चर्चा रहेको छ ।

    आफूलाई समर्थकहरूबाट काठमाडौं २ र वा चितवन ३ बाट चुनाव लड्न सुझाव आएको तर आफूले जन्मभूमि जुम्लालाई रोजेको शाही बताउँछन् । उनी जुम्लाको सिंजा गाउँपालिका वडानम्बर ३ निवासी हुन् । शाहीकै अनुसार पनि जुम्लामा राप्रपा निकै कमजोर छ । गत स्थानीय तहको मतपरिणाम अनुसार राप्रपाले करिब ४५० मतमात्रै ल्याएको उनी बताउँछन् । शाहीको वडामा राप्रपाले १६ मत ल्याएको छ ।

    यस्तो कमजोर स्थानमा पनि किन चुनाव लड्न लागेको भन्ने प्रश्नमा शाही भन्छन्, ‘जुम्ला मेरो जनमभूमि हो । त्यसको ऋण तिर्नु छ । जुम्लाका सुख-दु: खसँग जीवन साट्नुछ । जुम्ली जनताले हराए पनि जिताए पनि स्वीकार्य छ । भ्रष्टाचार र बेथितीविरुद्ध आवाज उठाउँदाउठाउँदै चर्चामा आएका शाहीले आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउँथे । उनले ‘नेपालका लागि नेपाली’ अभियानबाट गतिविधि गर्दै आएका थिए । बेलाबेला झमेलामा समेत पर्ने गरेका उनलाई अभियाने २०७६ मंसिर ११ मा निष्कासित गरेको थियो ।

    २०७८ फागुन ६ गते उनी राप्रपामा प्रवेश गरेका थिए । हाल उनी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सदस्य छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ