• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    जबराविरुद्धको महाअभियोग प्रस्ताव छानबिन प्रक्रियामा गए पनि टुङ्गिने बिषय अन्योलमै

    432
    SHARES


    काठमाण्डाै।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव छानबिनका लागि संसद्ले सिफारिस समितिमा पठाएपछि उनि अदालत फर्कनछान कि फर्कदैनन् भन्ने विषयले चर्चा पाएको छ ।

    फागुन १ गते संसदमा दर्ता भएको प्रस्ताव हिजोदेखि प्रक्रियामा गएको छ । प्रतिनिधि सभाको हिजोको बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव छानबिनका लागि सिफारिस समितिमा पठाएको हो ।

    समितिले बढीमा तीन महिनाभित्र जबरासँग स्पष्टीकरण लिने र अरु अनुसन्धान गरेर प्रतिवेदन तयार पार्नुपर्ने हुन्छ । तर मंसिर ४ मा चुनाव घोषणा भइसकेको र असोजको अन्तिम हप्तासम्म चुनावको लागि उम्मेदवारी मनोनयन हुने भएकाले छानबिनका लागि पर्याप्त समय छैन । निर्वाचन आयोगले सांसदहरुको कार्यकाल मनोनयनको अघिल्लो दिनसम्म हुने जनाएको छ ।

    असोजको अन्तिममा सांसदको कार्यकाल अन्त्य भयो भने महाअभियोग प्रस्ताव के हुन्छ भन्ने अन्योल छ । जबराले आउँदो मंसिर २७ गते उमेर हदका कारण सर्वोच्च अदालतबाट अवकाश पाउने छन्। अवकाश पाउनुअघिसम्म महाअभियोग टुङ्गो लागेन भने जबरा फेरि सर्वोच्च अदालत फर्कन सक्ने चर्चा भइरहेको छ ।

    सत्ता गठबन्धनका ९८ सांसदले दर्ता गराएको राणा विरुद्धको महाअभियोग प्रतिनिधि सभाबाट सजिलै टुङ्गिने अवस्था छैन । एकचौथाइ सांसदले महाअभियोग प्रस्ताव दर्ता गर्न सक्ने भए पनि पारित गर्न प्रतिनिधि सभाको दुईतिहाइ आवश्यक हुन्छ ।

    महाअभियोग पारित गर्न सत्ता गठबन्धनलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेको साथ चाहिन्छ तर एमालेले साथ दिने सम्भावना कम छ । महाभियोग प्रस्ताव दर्ता भएको लामो समयपछि छलफलमा ल्याइएको भन्दै एमालेका सांसदहरूले विरोध गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ